नवनियुक्त प्रधानन्यायाधीश राउतले आज शपथ ग्रहण लिँदै

216
Shares

काठमाडौं– नयाँ प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज शपथ ग्रहण गर्दैछन् । राष्ट्रपति भवनमा दिउँसो १ः३० बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरी शीतल निवास स्रोतले जानकारी दिएको छ।

शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्च अदालतले तयारी गरिरहेको छ। अघिल्ला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ १८ असोजमा अवकास भएपछि राउत प्रधानन्यायाधीश बनेका हुन् । संवैधानिक परिषदको बैठकले ३१ भदौमा राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

राउत असोज १६ गते संसदीय समितिबाट सर्वसम्मत रुपमा अनुमोदन भएका थिए । श्रेष्ठको आज सर्वोच्चबाट बिदाइ हुने । वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले राउतलाई सर्वोच्चमा स्वागत गर्नेछिन् । राउत ०८२ चैत १६ गतेसम्म सर्वोच्चको नेतृत्वमा रहनेछन् ।