शेखरको टिप्पणीः दुर्गा प्रसाईँ भन्दा पनि मन्त्री र प्रधानमन्त्री अराजक


काठमाडौं, । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले दुर्गा प्रसाईँभन्दा पनि मन्त्रीहरु र प्रधानमन्त्री बढी अराजक देखिएको टिप्पणी गरेका छन् । हिजो (शुक्रबार) नेपाल प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले व्यक्तिलाई बोल्ने स्वतन्त्रता रहेको र प्रसाईँले भन्दा पनि अराजकत तरिकाले मन्त्री, प्रधानमन्त्रीले बोलिरहेको तर्फ टिप्पणी गरेका हुन् ।

दुर्गा प्रसाईँ व्यक्तिको कुरा हो, यसमा म धेरै कुरा गर्दिनँ । अभिव्यक्ति स्वतन्त्रता छ । अब मन्त्री र प्रधानमन्त्री नै के–के बोलिरहनु भएको छ ? तपाईँहरुले हेर्नुस् । तपाईँहरु राजा, दुर्गा प्रसाईँको, ज्ञानेन्द्र शाहीको कुरा गर्नुहुन्छ । यो माने छैन,’– उनले भने ।

साथै, राजनीतिक दलहरु कमजोर हुँदाको फाइदा राजावादीहरुले उठाइरहेको उनले बताए । राजावादीहरुलाई सरकारले समाउने काम गर्न नहुने उनको भनाइ छ । उनले यस्ता प्रकारको गतिविधिलाई पूरै इग्नोर गरेर अगाडि जानुपर्ने बताए ।