‘मोहर’ टिमको ‘ढुकढुकी’ घोषणा, तिहारपछि सुटिङ हुने



फिल्म ‘ढुकढुकी’ निर्माणको घोषणा गरिएको छ । तिहारपछि छायांकनमा जाने फिल्मलाई ओम प्रतिकले लेखक तथा निर्देशन गर्दैछन् । यो फिल्मले प्रेमको कथा भन्नेछ ।

फिल्म ‘मोहर’ निर्माण गरेको टिमले यो फिल्म बनाउन लागेको हो । फिल्ममेकर प्रालिको प्रस्तुतिमा तयार हुने यो फिल्मका निर्माता चुम्बन जंग शाही हुन् ।

फिल्मका लागि अहिले कोही पनि कलाकार फाइनल गरिएको छैन । यो टिमले बनाएको फिल्म ‘मोहर’ साउनको २३ गतेबाट रिलिजमा आउँदैछ ।

फिल्म ‘ढुकढुकी’ २५ वर्ष अगाडि निर्माण भएको थियो । विनोद मानन्धरले निर्माण गरेको फिल्मको पटकथा तथा संवाद ओम प्रतिकले नै लेखेका थिए । उनले अहिले यही नामको फिल्मलाई निर्देशन गर्न लागेका हुन् ।