‘जारी २’ निर्माणको घोषणा



२ वर्ष अगाडि रिलिज भएर बक्स अफिसमा १७ करोड ग्रस गरेको फिल्म ‘जारी’को सिक्वेल बन्ने भएको छ । निर्माणपक्षले दशैंमा रिलिज गर्ने गरि फिल्म ‘जारी २’ निर्माणको घोषणा गरेको हो ।

यो फिल्ममा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहनेछ । फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, ऋचा शर्मा, वुद्दि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङ्लेखु लगायतको अभिनय रहनेछ ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मलाई रामबाबु गुरुङले लगानी गर्दैछन् । फिल्मको सम्पूर्ण छायांकन पाँचथरमा गरिनेछ ।

निर्माणपक्षले सार्वजनिक गरेको फस्टलुकमा नायक राइलाई च्याब्रुङ बजाउँदै गरेको देख्न सकिन्छ ।

यो फिल्मलाई दशैंमा रिलिज गर्ने घोषणा गरिएको छ । तर, फिल्मलाई दशैंको घटस्थापनाबाट रिलिज गर्न लागिएको वुझिएको छ ।