अरुणिमाले डिभोर्सलाई किन यति सस्तोसँग प्रचार गर्या होला ?



अमेरिकाबाट कलाकार तथा निर्देशक विमलेश अधिकारीसँग नायिका अरुणिमा लम्साल नेपाल आउनुको कारण के हो, तपाइलाई थाहा छ ।

विमलेशको निर्देशनमा तयार भएको वेव सिरिज ‘घर बट इन अमेरिका’ ओटीटीमा रिलिज हुँदैछ । ओटीटी प्लेटफर्म ‘एमएसएम’ एपमा यो वेव सिरिज सार्वजनिक हुँदैछ । यसैको प्रचारका लागि अरुणिमा र विमलेश मिडिया मिडियामा पुगेका छन् ।

तर, दुर्भाग्य नै भन्नुपर्छ अहिले सामाजिक संजालमा यो वेव सिरिजको कही कतै चर्चा छैन । विमलेश र अरुणिमा को हुन् भन्ने पनि अहिलेको पुस्ताका दर्शकलाई खासै थाहा छैन ।

मिडियामा अरुणिमा लम्साल आफ्नो दोस्रो बिहेको केही महिनामै डिभोर्सको फाइल गरेको बताइरहेकी छिन् । प्रश्नमा उनको सुहागरातसम्मको कुरा छ । अरुणिमा आफूले श्रीमानसँग सुहागरात नमानएको तर्क गर्दा मस्त छिन् । लाग्छ उनले, बिहेको सुगाहरातको गोप्य कुरा मिडियामा छताछुल्ल पारेर आफूले ठूलै कुरा खोले जस्तो गर्दैछिन् ।

अरुणिमाको डिभोर्सका कुरा, उनले श्रीमान्को वेइज्जत गरेको कुरा सामाजिक संजालमा भाइरल छन् । अरुणिमा आफूले ठूलै कुरा गरे जसरी छाती फुलाइरहेकी छिन् । तर, उनले आफ्नै धज्जी उडाएको थाहा नै पाएकी छैनन् ।

अरुणिमाले बिहे गरिन्, श्रीमानसँग मन मिलेन डिभोर्स गर्न लागेकी हुन् । यसलाई यति धेरै मिडियाबाजी गर्नुपर्ने कुरा के छ होला ? अझ, सुहागरात भयो कि भएन भन्ने प्रश्नको जवाफ दिदै हिड्नुपर्ने कारण के होला ?

विचरा विमलेश, वेव सिरिजको प्रचार गर्न अरुणिमासँग बसेका छन् । तर, उनको वेव सिरिज पनि आउन लाग्या हो र भन्ने कुरा खै कहाँ छ ? अरुणिमा लम्सालले वेव सिरिजको प्रचार गर्या कि सुहागरात भयो कि भएन भन्ने कुराको ?

l