काठमाडौं – नेपाली कांग्रेसले आगामी वैशाख १७ गतेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले वैशाख १७ गते बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि आह्वान गरिएको छ । कांग्रेसले चैत मसान्तभित्र महाधिवेशन गर्न नसकेका भ्रातृसंस्था र पार्टीको १५औं महाधिवेशनका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमिति बैठक बोलाएको हो ।
महाधिवेशनका लागि कांग्रेसले क्रियाशील सदस्यता र नवीकरणका विषयमा विवाद टुंग्याउन केन्द्रीय समिति बैठकमा छलफल गर्ने तयारी गरेको छ । साथै, एमालेसँगको सहकार्य र सरकारका कामका विषयमा पनि केन्द्रीय समिति बैठकमा समीक्षा हुने नेताहरुको भनाइ छ ।
कांग्रेस विधानमा दुई महिनामा एकपटक केन्द्रीय समिति बैठक बस्नुपर्ने उल्लेख छ । गत भदौयता कांग्रेस केन्द्रीय समिति बैठक बसेको छैन । कांग्रेस पदाधिकारी र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाटै पार्टी सभापति शेरबहादुर देउवाले निर्णय लिने गरेका छन् ।
प्रतिक्रिया