कस्तो छ ‘ऊनको स्विटर’को ‘काफ्ले’ गीत ?



फिल्म ‘ऊनको स्विटर’को नयाँ गीत ‘काफ्ले’ सार्वजनिक भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नविन चौहानको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको गीत सार्वजनिक भएको हो ।

झुमा लिम्बु र सुजन चापाँगाइको यो गीतमा स्वर छ । युवराज काफ्लेको शब्द रहेको गीतमा झुमा लिम्बुको संगीत छ । सार्वजनिक गीतको भाका र शब्द मिठो छ ।

यो फिल्ममा विपिन कार्की, मिरुना मगर, सुनिल पोखरेल, माओत्से गुरुङ, विल्सन विक्रम राई, एलेक्स पारस, परिक्षा लिम्बु लगायतका कलाकारहरुको अभिनय छ ।

सुजन चापाँगाइको गीत निर्देशन रहेको फिल्ममा कोविद वर्जको संगीत, रोशन विक र दीप गुरुङको कोरियोग्राफी, कृष्ण भण्डारीको सम्पादन छ ।

यो फिल्मलाई नविन चौहानले लेखन तथा निर्देशन गरेका हुन् । आर्टमाण्डु नेपाल प्रा.लिको निर्माण रहेको फिल्ममा सागर वुढाथोकी र मिलन खत्री कार्यकारी निर्माताको रुपमा छन् ।

कार्यक्रममा बोल्दै निर्देशक चौहानले आफू म्युजिक भिडियो निर्माणबाट पर हटेर यो फिल्म बनाएको बताए । दर्शकले आफ्नो गीतसंगीतलाई जस्तै यो फिल्मलाई पनि मन पराउने विश्वास व्यक्त गरे ।