आउँदो जेठ २३ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक विशेष कार्यक्रमका क्रममा ३ मिनेट ५१ सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको हो, जसमा प्रेमकथा र हास्यलाई सुन्दर ढंगले मिश्रण गरिएको देख्न सकिन्छ।
‘जन्ते बाख्रो’ नेपाली समाजमा प्रचलित परम्परागत प्रथालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र हो। विशेषगरी दुलही भित्र्याउने अवसरमा गरिने भोजमा खसी काट्ने चलनलाई ‘जन्ते बाख्रो’ भनिन्छ, र यही संस्कृति वरिपरि चलचित्रको कथा बुनेको देखिन्छ।
मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस चलचित्रमा सन्तोष गौतमको लगानी रहेको छ भने सिमोस सुनुवारको निर्देशनमा तयार पारिएको हो। चलचित्रमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारले अभिनय गरेका छन्।
चलचित्रको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन्। हरि हुँमागाईले छायांकन उत्तम हुँमागाईले सिनेमाटोग्राफी, र सुनिल शिवभक्तिले सम्पादनको जिम्मेवारी सम्हालेका छन्।
प्रतिक्रिया