काठमाडौं- नयाँ टेलिभिजन रियालिटी शो ‘एक्टिङ स्टार’ जेठ १५ गते बिहीबारदेखि एपीवान टेलिभिजन र ओएसआर रियालिटीमार्फत बेलुका ९ बजेबाट प्रसारण हुने भएको छ।
केही महिना अघिदेखि डिजिटल अडिसनमार्फत प्रतियोगी खोज्न थालिएको यस कार्यक्रममा प्रि-जज अडिसन सकिएपछि फिजिकल अडिसन पनि सम्पन्न भइसकेको छ।
निर्णायक मण्डलमा नेपाली अभिनय क्षेत्रका तीन दिग्गज—निर शाह, अनुप बराल र ऋचा शर्मा रहेका छन्। कार्यक्रममा बालकलाकारदेखि वृद्धसम्मको उत्साहजनक सहभागिता देखिएको छ।
कार्यक्रमको निर्देशन बिशाल भण्डारीले गर्दै छन्। ‘एक्टिङ स्टार’लाई ल्याउने उद्देश्य अभिनय प्रतिभालाई प्रोत्साहन गर्नु रहेको आयोजक महक मिडिया नेटवर्कले जनाएको छ।
दर्शकमाझ गायन, नृत्य र कमेडी शो लोकप्रिय भइरहेका बेला ‘एक्टिङ स्टार’ले पनि अभिनय विधामा नयाँ उचाइ दिने विश्वास गरिएको छ।
ओएसआर डिजिटलले शोको डिजिटल अधिकार खरिद गरिसकेको छ। विजेताले नगद पुरस्कारका साथै फिचर फिल्ममा अभिनय गर्ने अवसर पनि पाउनेछन्। कार्यक्रमको सञ्चालन लोकप्रिय सञ्चारकर्मी श्रीजल रुपाखेतीले गर्नेछन्।
प्रतिक्रिया