‘परी’ दीपाश्री कि प्रियंका ?



फिल्म ‘परी’ निर्माणको घोषणा गरिएको छ । गोविन्द गौतमको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्मको केही दिन अगाडि कमलादिस्थित गणेश मन्दिरमा पुजा गर्दै शुभसाइत गरिएको हो ।

मुहुर्त कार्यक्रममा फिल्मका मुख्य कलाकारहरु किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिती थियो ।

फिल्मकी कलाकार दीपाश्री निरौलाले स्क्रिप्ट राम्रो रहेकाले आफू काम गर्न तयार भएको बताइन् । फिल्ममा प्रियंका कार्की, दिनेश डीसी, दिगविजय केसी, श्याम राई लगायतका कलाकारहरुको पनि अभिनय छ ।

फिल्मको छायांकन जेठको अन्तिम साताबाट सुरु हुनेछ । फिल्मलाई दोलखा र तनहुँ आसपासका क्षेत्रमा छायांकन गरिनेछ ।

फिल्ममा परीको कथालाई कल्पना गरिएको छ । सोही अनुसार नै फिल्म बनाउने तयारी निर्माणपक्षको छ ।

बाबु श्रेष्ठको छायांकन रहने यो फिल्ममा कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, दीपक शर्मा र विकास चौधरीको संगीत छ ।