‘आ बाट आमा’मा विपनाका छोरा बन्दै पल शाह



फिल्म ‘आ बाट आमा’को केही दृश्यको छायांकन बेलायतको राजधानी लण्डनमा गरिएको छ । फिल्मका निर्देशक चन्द्र पन्त, निर्माता ध्रुव न्यौपाने र नायिका विपना थापाले लण्डन पुगेर फिल्मको केही दृश्यको छायांकन गरे ।

यो फिल्मको बाँकी छायांकन नेपालमा भदौबाट सुरु हुनेछ । यसैबिच, यो फिल्ममा नायक पल शाहले विपनाको छोराको भूमिकामा काम गर्न लागेको वुझिएको छ ।

फिल्मका निर्माता न्यौपानेले मिडियासँगको कुराकानीमा यो कुराको पुष्टि गरे । पल र विपनाविचको कथामा यो फिल्म बग्नेछ । फिल्मको प्रदर्शन मिति फागुनको १५ गतेलाई तोकिएको छ ।

पल अब केही दिनमै फिल्म ‘महाराजधिराज’को छायांकनमा जोडिनेछन् । यसपछि उनले यो फिल्मको छायांकन सुरु गर्ने वुझिएको छ ।

अभिमन्यू निरवीले यो फिल्मको कथा लेखिरहेका छन् ।