निर्देशक कृषा चौलागाइले एक नयाँ प्रोजेक्ट साइन गरेकी छिन् । जापान पुगेर कृषाले एउटा नयाँ फिल्म साइन गरेकी हुन् । जापानमा रहेको यूएनए प्रोडक्सनले यो प्रोजेक्टको निर्माण गर्न लागेको हो । फिल्मको नाम अहिले घोषणा गरिएको छैन ।
कृषाले महंगो रकममा फिल्म साइन गरेको वुझिएको छ । संभवत, नेपाली फिल्मका निर्देशकहरुमा कृषाले सबैभन्दा महंगो पारिश्रमिक यो फिल्मका लागि लिएको हुनुपर्छ । तर, निर्माणपक्षले पारिश्रमिक भने खुलाउन चाहेको छैन ।
यो फिल्मलाई यूएनए प्रोडक्सनले निर्माण गर्दैछ । फिल्ममा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको छ ।
जापानमा रहेर फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा यो फिल्मलाई निर्माण गर्नेछ ।
यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाँई र निर्देशक कृषा चौलागाइँविच कागजी संझौता भएको हो ।
फिल्मको छायांकन भदौबाट सुरु हुनेछ । फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिच्ने पक्का भएको छ । फिल्मको नाम, कलाकारहरुको बारेमा छिट्टै जानकारी दिने निर्माणपक्षले बताएको छ ।
फिल्म ‘पिताम्बर’ निर्देशन गरेपछि कृषाको चर्चा चुलिएको छ । उनलाई विभिन्न नाम चलेका व्यानरबाट फिल्म निर्देशनका लागि अफर आइरहेको छ । तर, कृषा भने आफूले छानेर मात्र काम गर्ने बताउँछन् ।
कथावस्तु बलियो भएका कारण आफूले जापानमा पुगेर फिल्म साइन गरेको उनको भनाई छ ।
प्रतिक्रिया