नायिका गरिमा शर्मा अहिले फुरुङ्ग उडिरहेकी छिन् । फिल्म ‘जन्ते बाख्रो’को प्रचारमा दौडिरहेकी गरिमा आफू अहिले निकै खुशी रहेको बताउँछिन् ।
जेठको २३ गतेबाट रिलिजमा आउन लागेको यो फिल्ममा प्रचारमा गरिमा एक्लै छिन् भन्दा फरक पर्दैन । नायक सौगात मल्लले फिल्मको प्रचारमा खासै रुची देखाएको पाइदैन । सौगात साथमा नभएपछि गरिमा एक्लै कुदिरहेकी छिन् र दर्शकसँग साक्षात्कार गरिरहेकी छिन् ।
गरिमा यो फिल्मलाई लिएर गम्भीर छिन् । किनकी, यो फिल्म चलेको खण्डमा गरिमाका लागि विशेष हुनेछ । उनको करिअर पनि अगाडि बढ्नमा मद्दत गर्नेछ ।
गरिमा आफूले फिल्म क्षेत्र बाहेक अरु केही पनि नसोचेको बताउँछिन् । यही क्षेत्रमा नै आफू मर्ने हो भन्दै गरिमा थुप्रै सपनाहरु आफूले यो फिल्मका लागि देखेको तर्क गर्छिन् ।
फिल्मका लागि आफूले मिहिनेत पनि निकै गरेको र मुख्य नायिका हुँदा केही दबाब हुने उनको भनाई छ ।
गरिमाले यसअघि दुईवटा फिल्ममा काम गरिन् । दुई फिल्मबाट उनले गतिलो प्रतिक्रिया पाइनन् । तर, अब ‘जन्ते बाख्रो’मा भने आफूले निकै राम्रो काम गरेको र दर्शकले फिल्मको पर्दामा त्यो महशुश गर्ने गरिमाको तर्क छ ।
सिमोस सुनुवारको निर्देशनमा प्रदीप भारद्धाजले लेखेको यो कथाले गाउँ समाजमा चलेको बिहेको प्रचलनको कथा भन्छ ।
फिल्मले दर्शकलाई मनोरञ्जन र सन्देश दिने तर्क गरिमाको छ ।
प्रतिक्रिया