काठमाडौं – डेढ सातादेखिको अवरुद्ध सदज खुलाउन सभामुख देवराज घिमिरेले सक्रियता देखाएका छन् । उनले मंगलबार बिहानैदेखि सत्ता पक्ष र विपक्ष दलसँग छुट्टाछुट्टै छलफल गरेका छन्। जसकारण निर्धारित समय बितिसक्दा पनि प्रतिनिधिसभाको बैठक सुरु हुन सकेको छैन ।
घिमिरेले माओवादी प्रमुख सचेतक र एमाले, कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरेका छन् । ‘सभामुखले अहिले माओवादी प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गर्नुभयो। त्यसपछाडि अहिले एमाले र कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरिरहनुभएको छ,’ घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले भने ।
भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने विपक्षीले अडान राखेका छन्। अडान निरन्तर राखेपछिप्रधानमन्त्री केपी ओलीले प्रमुख दलका शीर्ष नेताहरूबीचमा संसद्को अवरोध खुलाउने विषयमा सोमबार छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए । तर विपक्षी दलका तर्फबाट माओवादी अध्यक्ष प्रचण्डले गृहमन्त्री लेखकले मार्गप्रशस्त नगरेसम्म संसद् नखुल्ने भन्दै उठेर हिँडेका थिए ।
प्रतिक्रिया