काठमाडौं – प्रतिनिधिसभाका सभामुख र प्रमुख सचेतकहरूको बैठक सकिएको छ । बैठकमा सत्ता र प्रतिपक्षी आआफ्नै अडानमा रहेका छन् ।
सत्ता पक्ष गृहमन्त्रीले बोल्न पाउने र प्रतिपक्षी भिजिट भिसा ठगीको उच्चस्तरीय छानबिन समिति गठन गरेर छानबिन गर्नुपर्ने अडानमा छन् । सभामुख घिमिरेले बोलाएको बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डेलगायत उपस्थित थिए ।
विपक्षी दलका सचेतकसँग कुराकानी नमिले पनि सभामुद देवराज घिमिरे बैठक चलाउने तयारीमा रहेको सभामुखका सञ्चार विज्ञ शेखर अधिकारीले बताए । भिजिट भिसा ठगीमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने दिननपर्ने भन्ने प्रतिपक्षी र सत्ता पक्षको अडानका कारण सदनको गत्यावरोध कायमै रहेको छ । जसकारण बजेटमाथिको छलफल प्रभावित बनेको छ ।
प्रतिक्रिया