काठमाडौं – काठमाडौं महानगरपालिका नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेको भोलिपल्टै बुधबार महानगर प्रहरी बलको बैठक बसेको छ ।
महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीको सँयोजकत्वमा बागदरवारमा बसेको सिनियर अधिकृतहरूको बैठकले सहरी सुव्यवस्थापन कायम गर्न महानगर प्रहरी ऐन २०८० को दफा ५ र परिच्छेद ३ को दफा ७ मा महानगर प्रहरी बलको काम कर्तव्य अधिकारअनुसार गर्ने प्रतिबद्वतासहितको निर्णय गरेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईले मंगलबार पाण्डेलाई निलम्बन गर्दै जोशीलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी तोकेका थिए । गत चैत २१ गते कार्यालय प्रवेश गर्नेक्रममा पाण्डेले हुलहुज्जत गरी अवरोध गरेको आरोपमा गुरागाईले एक हप्ते स्पष्टीकरण सोधेका थिए । पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई कारबाही गरिएको हो । पाण्डे मेयर बालेनका दाहिने हात मानिन्छन् ।
प्रतिक्रिया