नायिका गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘जन्ते बाख्रो’ भोलिबाट देशभरका हलमा रिलिजमा आउँदैछ । यो फिल्मको बुधबार काठमाडौंमा प्रिमियरको आयोजना भयो । प्रिमियरमा केही फिल्मीकर्मी, पत्रकार र फिल्मको टिम उपस्थित थिए ।
तर, फिल्मको प्रिमियर कार्यक्रममा मुख्य नायिका गरिमा शर्मा नै ढिलो आइन् । अझ, फिल्म सुरु भएको केही समयपछि मात्र उनी आइन् । गरिमा ढिलो आएको विषयमा हलमा चर्चा पनि चल्यो ।
मिडियासँग कुरा गर्दै गरिमाले आफूलाई पहिरनले धोका दिएको तर्क गरिन् । उनले, जुन पहिरन बनाउन दिएकी थिइन् सो पहिरन नै बनेन । यसकाकारण, उनी प्रिमियरमा जाने कि नजाने दोधारमा थिइन् । पछि, आफ्ना लागि नबनेको पहिरन लगाएर उनी प्रिमियरमा पुगिन् । गरिमा सेतो रंगको पहिरनमा हट देखिएकी थिइन् ।
यो फिल्म गरिमाका लागि विशेष छ । किनकी, फिल्म चलेको खण्डमा गरिमालाई मुख्य नायिकाको रुपमा यो क्षेत्रमा चल्ने अवसर मिल्नेछ ।
फिल्ममा गरिमा एक ग्रामिण युवतीको भूमिकामा छिन् । गरिमाको जीवनको वरिपरी नै आइपर्ने घटनामा यो फिल्म बनेको छ । गरिमाले फिल्मका लागि आफूले निकै मिहिनेत गरेको तर्क समेत सुनाइन् ।
प्रतिक्रिया