काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालविरूद्ध पतञ्जली जग्गा हिनामिनामा विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ ।
सभामुख घिमिरेका सञ्चार विज्ञ शेखर अधिकारीका अनुसार अख्तियारबाट केही समयअघि मात्रै मुद्दा दर्ताको पत्र प्राप्त भएको हो । भ्रष्टाचार मुद्दा दायर भएसँगै नेपालको सांसद पद निलम्बनमा परेको छ ।
पतञ्जली योगपीठ तथा आयुर्वेद विद्यालयको नाममा दिइएको जमिन अनियमितता प्रकरणमा अख्तियारले विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।पूर्वप्रधानमन्त्री नेपाल, पूर्वमन्त्रीहरू प्रेमबहादुर सिंह र छविराज पन्तलगायत ९३ जनाविरुद्ध १८ करोड ५९ लाख बिगो मागदाबीसहित मुद्दा भएको छ ।
प्रतिक्रिया