फिल्म ‘पिताम्बर’ले ५१ दिन मनाएको छ । फिल्मले ५१ दिन मनाएको अवसरमा यो फिल्मको टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा फिल्मसँग जोडिएका कलाकार, प्राविधिक, निर्माता, निर्देशक र पत्रकारहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । फिल्मको निर्माण टिमले कार्यक्रममा केक समेत काटेको थियो ।
चैत्रको २९ गतेबाट रिलिजमा आएको फिल्म ‘पिताम्बर’ले काठमाडौंको रञ्जना सिनेप्लेक्स र बीग मुभिजमा ५१ दिन मनाएको हो ।
कार्यक्रममा फिल्मकी निर्देशक कृषा चौलागाई, निर्माता विशाल चौलागाई, डीओपी तथा सह–निर्माता पुरुषोत्तम प्रधान, कलाकारहरु सौगात मल्ल, अनुप विक्रम शाही, प्रमोद अग्रहरि लगायतको उपस्थिती थियो ।
कार्यक्रममा बोल्दै निर्देशक चौलागाइले सबैको साथ र सहयोगले आज यो संभव भएको बताइन् । उनले ‘पिताम्बर’ ‘सोचदेखि संभव’सम्मको यात्रा रहेको सुनाइन् ।
यो फिल्ममा भएका कमीकमजोरीलाई सच्चाएर अर्को फिल्ममा अझै बुलन्द काम गर्ने प्रतिवद्धता कृषाले व्यक्त गरिन् ।
यो फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारहरुको पनि अभिनय छ ।
यसैबिच, फिल्मको निर्माणपक्षले ‘पिताम्बर २’ निर्माणको घोषणा गरेको छ । फिल्मको बारेमा अरु केही पनि जानकारी दिइएको छैन । फिल्मलाई कृषा चौलागाइले नै निर्देशन गर्दैछिन् ।
प्रतिक्रिया