‘जन्ते बाख्रो’ले कस्तो पाइरहेको छ प्रतिक्रिया ?



आजबाट रिलिजमा आएको फिल्म ‘जन्ते बाख्रो’ले दर्शकको सुखद साथ पाइरहेको भन्दै यसको टिम उत्साहित बनेको छ । आज बिहान ललितपुरको लाबिम मलमा पुगेका फिल्मका कलाकारहरु दर्शकको उत्साहजनक प्रतिक्रियाबाट खुशी देखिए ।

फिल्मको अधिकांश हलमा ओपनिङ सुखद बन्न सकेन । दिवा र बेलुकीका शोजबाट दर्शक बढ्ने अपेक्षा निर्माताको छ ।

फिल्मको वर्ड अफ माउथ बलियो आएको खण्डमा यसको व्यापार सुखद हुन सक्छ । सन्तोष गौतमको निर्माणमा तयार भएको यो फिल्ममा प्रदीप भारद्धाजको लेखन छ ।

फिल्ममा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्मको गीतसंगीतले दर्शकको मन जितिसकेको छ । प्रिमियरमा सुखद प्रतिक्रिया पाएका कारण दर्शकले हलमा पनि साथ दिने विश्वास निर्माता गौतमको छ ।

दर्शकले फिल्मको कथावस्तु मन पराएका छन् । उनीहरुले फिल्म राम्रो बनेको भन्दै सबैलाई हेर्न आग्रह गरे ।