नायक सौगात मल्लको लुक्स फिल्म ‘बलिदान’मा कस्तो होला भन्ने दर्शकलाई कौतुहलता थियो । फिल्म ‘पिताम्बर’मा सौगातको गेटअपले नै चर्चा पाएको थियो । उनै, सौगात ‘बलिदान’मा कस्तो अवतारमा देखिए होलान् भन्ने चासो भइरहँदा यसको निर्माणपक्षले उनको लुक्स सार्वजनिक गरेको छ । दशैंको फुलपातीबाट रिलिजमा आउन लागेको फिल्ममा सौगातको लुक्स सशक्त छ ।
सार्वजनिक दुई पोस्टरमा सौगातको बलियो अवतार देख्न सकिन्छ । उनको गेटअपले फिल्मप्रति दर्शकको कौतुहलता अझै बढाउने निश्चित छ ।
सौगात एक पोस्टरमा हतियारको साथमा एङ्ग्री अवतारमा देखिएका छन् । लामो कपाल, दाह्री सहित उनको रिसाहा अवतारले बदलाको कथा भन्न खोजेको देख्न सकिन्छ ।
एउटा पोस्टरमा भने सौगातको एउटा आँखा कालो रंगको देख्न सकिन्छ । उनको लामो दाह्री, कपाल र गाढा रङको वस्त्र धारण गरेको देख्न सकिन्छ । उनको हातमा बलिरहेको राँको पनि छ । पोष्टरले सौगातको द्धन्द्धान्तमक अवस्थाको चित्रण गर्छ ।
यो वर्षकै प्रतिक्षित फिल्मको रुपमा हेरिएको बलिदानमा सौगातको गेटअपले उत्सुकता अझै बढाएको छ ।
आसुसेन फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको यो फिल्ममा समीर र सौगातको साथमा ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त वुढाथोकी, प्रेम पुरी लगायतका कलाकारहरुको अभिनय छ । सन्तोष सेनको निर्देशनमा तयार भएको फिल्ममा पवन ब्राडफोर्ड विष्टको लगानी छ । फिल्मका कार्यकारी निर्माता प्रेम पुरी हुन् ।
प्रतिक्रिया