‘परिवर्तन’को छायांकन सुरु, कस्तो छ सुशीलको भूमिका ?



फिल्म ‘परिवर्तन’को छायांकन सुरु भएको छ । झापाका विभिन्न स्थानमा यो फिल्मको छायांकन हुनेछ ।

झापाको चारआलीस्थित पाथीभरा मन्दिरमा पुजा गर्दै फिल्म ‘परिवर्तन’को छायांकन सुरु गरिएको हो । विजय केरुङको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा नायक सुशील श्रेष्ठको मुख्य भूमिका छ ।

४० दिनसम्म यो फिल्मको छायांकन पूर्वी नेपालका झापा, विराटनगर र इलाममा गरिने निर्माणपक्षले बताएको छ । फिल्मलाई सन् २०२५ सम्ममा रिलिज गर्ने घोषणा निर्माणपक्षले दिएको छ ।

दिब्यासी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण हुन लागेको यो फिल्मले सुरक्षा संवेदनशिलता, भ्रष्टाचारको जालो, गरिबी, दुःख तथा असहाय जनताको पीडाको कथा भन्छ ।

दीपक सापकोटाको कथा तथा निर्माणमा तयार हुन लागेको यो फिल्ममा सुशीलको साथमा सुनिल थापा, वुद्दि तामाङ, करिश्मा मानन्धर, अञ्जना बराइली, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएसा कार्की, गौतम तिवारी, यमनाथ खरेल लगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा शिवम् अधिकारीको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, श्री श्रेष्ठको एक्सन, कमल राइको नृत्य निर्देशन रहनेछ ।

फिल्म ‘आउटलः दफा २१९’पछि सुशीलको चर्चा चुलिएको छ । उनको हातमा फिल्म नै फिल्म छ । सुशील अब ‘परिवर्तन’बाट आफ्नो करिअर परिवर्तन गर्ने दौडमा छन् ।