आखिर, नायिका बेनिशा हमाललाई तनाव के को भएको होला ? किन बेनिशा यति तनावमा देखिएकी होलिन् ?
बेनिशाको तनाव रियल लाइफमा होइन । उनी, फिल्म ‘द ब्लू लाइट’को फस्टलुकमा तनावमा देखिएकी हुन् । फस्टलुकमा वेनिशालाई मात्र स्थान दिइएको छ । औंलामा चुरोट च्यापेर बेनिशा तनावमा देखिएकी छिन् ।
फिल्मको यो पोस्टरले उनी वाल गर्लको रुपमा देखिएको वुझ्न सकिन्छ । विहिबारबाट छायांकन सुरु भएको फिल्मलाई २० दिनमा सक्ने सेड्यूल निर्माणपक्षले बनाएको छ ।
बलिराम चौहानको निर्देशनमा तयार भइरहेको यो फिल्ममा अर्पण थापा, महेश त्रिपाठी, आयुष्मान देशराज जोशी, बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ, सुरक्षा इटानी, ग्रिसमा कटुवाल र सहारा शर्माको अभिनय छ ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको यो फिल्मलाई स्काइफल पिक्चर्सको प्रस्तुतिमा तयार पारिएको हो । रमन ग्रे सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्माता छायांकनर नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन् । फिल्मलाई यही वर्ष भित्र रिलिज गर्ने तयारी गरिएको छ ।
फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन । तर, यही वर्ष भित्र रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष छ ।
प्रतिक्रिया