गायकबाट नायक बनेका प्रकाश सपुत र नायिका परीक्षा लिम्बुको मुख्य भूमिका रहेको फिल्म ‘सोल्टिनी’को पहिलो गीत ‘सत्य जुगैको’ सार्वजनिक भएको छ ।
ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक गीतमा प्रकाश र परीक्षाको नृत्य छ । यी दुइको साथमा सुन्दर धिताल र सब्बु गुरुङलाई पनि फिचरिङ गरिएको छ । गीतमा प्रशान्त सिवाकोटी र अस्मिता अधिकारीको स्वर, प्रशान्त सिवाकोटीकै शब्द तथा संगीत छ ।
मौसम हिमालीको कोरियोग्राफी रहेको यो फिल्मको छायांकन इलाम बजार, बिब्ल्याँटे, कन्यम, विर्तामोड, पथरी र भोजपुरका रमणीय स्थानमा गरिएको छ ।
फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावको कथालाई उठान गरेको छ । फिल्ममा विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्ममा सुशन प्रजापतिको छायांकन, हर्कुलस बस्नेत र प्रशान्त सिवाकोटीको संगीत, अर्जुन सुवेदी र कुमार भट्टराइको लेखन छ । प्लानेट थ्री फिल्मस् र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको यो फिल्ममा रेजिना बिष्ट र संसार चौलागाँइको लगानी छ ।
प्रतिक्रिया