अनमोल र पलको फोटोको चर्चा



नायकद्धय अनमोल केसी र पल शाहको चर्चा अहिले चुलिएको छ । सामाजिक संजालमा यी दुइको फोटो र भिडियो भाइरल छ । अधिकांश टिकटक प्रयोगकर्ताहरु यी दुइको एकसाथको भिडियो हेरेर खुशी साटिरहेका छन् ।

कतारमा आयोजना भएको ‘म्युजिकल हंगामा’ कार्यक्रममा सहभागी हुन पुगेका नायक पल शाह र अनमोल केसी एकसाथ देखिए । दुवै जनाले हात मिलाए र फोटो खिचे । उनीहरुको साथमा टिकटक बनाउने पनि प्रशस्तै भेटिए ।

अनमोल र पलको सम्बन्धको बिषयमा चर्चा हुदै आएको थियो । यी दुइले आजसम्म एकसाथ फिल्ममा काम गरेका छैनन् । तर, यी दुइको सम्बन्धमा खासै दरार पनि आएको थिएन ।

तर, पनि अनमोल र पलविच भेट भएको थिएन । जसकाकारण, दुई जनाको फोटो वा भिडियो अहिलेसम्म एकसाथ देखिएको थिएन ।

तर, कतारमा आयोजना भएको कार्यक्रममा एकसाथ देखिएपछि भने सामाजिक संजालमा दुई सुपरस्टारको भेटले तरंग ल्याइदिएको छ ।

पल र अनमोलले अब एकसाथ फिल्ममा काम गर्नुपर्ने भन्दै फ्यानहरुले आग्रह पनि गरेका छन् ।