फिल्म ‘फर्की फर्की २’को काम अगाडि बढेको छ । निर्माणपक्षले यो फिल्मको काम अगाडि बढेको र यसैवर्ष छायांकन सुरु हुने जानकारी दिएको छ । फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्ने पक्का भएको छ ।
सुयोगले फिल्मको वान लाइन स्टोरी तयार भएको बताएका छन् । फिल्मलाई रोहित अधिकारीले नै निर्माण गर्नेछन् ।
सुयोगका अनुसार, फिल्मको कथाको ढाँचा तयार भइसकेको छ । अब, पटकथा र संवाद लेखनको काम अगाडि बढ्ने सुयोगको भनाई छ ।
सुयोगका अनुसार, यो पटक एकजना युवकको सपना र समयको कथा फिल्मले देखाउनेछ ।
निर्माता अधिकारीले ‘माइतीघर’पछि आफ्नो तीन वटा प्रोजेक्ट पाइपलाइनमा रहेको र त्यसमध्ये ‘फर्की फर्की २’ पनि रहेको सुनाए ।
फिल्मको कथावस्तु आफूलाई पनि निकै मन परेको रोहितको भनाई छ । फिल्म ‘जेरीः अन टप’ रिलिज भएपछि सुयोगले फिल्म ‘फर्की फर्की २’को छायांकनको काम अगाडि बढाउने बताएका छन् ।
फिल्ममा अनमोल केसीलाई ‘म्याडी’कै अवतारमा देखाउने तयारी गरिएको छ । अनमोलसँग अहिलेसम्म कागजी संझौता भने भएको छैन । तर, अनमोलविना यो फिल्म नबन्ने वुझिएको छ ।
गतवर्ष दर्शकहरुको राम्रो साथ पाएको फिल्म ‘फर्की फर्की’को सिरिजले नयाँ कथा भन्नेछ ।
प्रतिक्रिया