निर्देशक कृषा चौलागाइले ‘जहाजैमा’ नाममा फिल्म निर्देशन गर्ने पक्का भएको छ । आज फिल्मको नाम सार्वजनिक गरिएको हो । केही दिन अगाडि जापान गएको समयमा कृषाले यो फिल्मको निर्देशन गर्ने संझौता गरेर आएकी थिइन् । जापानमा रहेको यूएनए प्रोडक्सनले यो फिल्मको निर्माण गर्नेछ ।
फिल्मको सार्वजनिक थीम पोष्टरमा एक जना पुरुष जहाज चढ्नका लागि विमानस्थलमा लगेज बोकेर जाँदै गरेको देखाइएको छ । फिल्मले जापान जाने सपना बोकेका युवाहरुको कथा भन्छ ।
उज्ज्वल गुरागाँइको निर्माणमा तयार हुन लागेको यो फिल्मका कलाकारहरुको लाइनअप सार्वजनिक गरिएको छैन । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ ।
सन् २०२६ मा रिलिज गर्ने उद्देश्य राखिएको यो फिल्मलाई भदौबाट छायांकन गरिनेछ । फिल्मको छायांकन नेपाल, जापान र फिलिपिन्समा हुने पक्का भइसकेको छ ।
फिल्म ‘पिताम्बर’ले चर्चा पाएपछि कृषा २ वटा प्रोजेक्टमा लागिपरेकी छिन् । उनले ‘जहाजैमा’पछि ‘पिताम्बर २’ बनाउने घोषणा गरिसकेकी छिन् ।
जापानमा फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको व्यानरमा यो फिल्म निर्माण गर्न लागेको हो । फिल्ममा नेपाल र जापानका कलाकारहरुको अभिनय रहनेछ ।
एक महिनासम्म फिल्मको छायांकन जापानमा नै हुने बताइएको छ । कृषा हाल यो फिल्मको प्रि–प्रोडक्सनमा व्यस्त छिन् ।
प्रतिक्रिया