नायक प्रकाश सपुतले ‘मिरमिरे’ साइन गरेका छन् । यम शेर्पाको लेखन तथा निर्देशनमा तयार हुन लागेको यो फिल्ममा प्रकाश अनुवन्धित भएको जानकारी निर्माणपक्षले दिएको छ । यो फिल्ममा यसअघि नायक दयाहाङ राई फाइनल भइसकेका छन् ।
दया र प्रकाशले पहिलो पटक फिल्ममा पर्दा शेयर गर्न लागेका हुन् ।
यमले अन्य कलाकारहरुसँग पनि कुराकानी जारी रहेको र चाडै नै जानकारी दिने बताए । फिल्म ‘कार्साङ्ग’पछि दोस्रो फिल्म निर्देशन गर्न लागेका यमले निर्माणमा कुनै संझौता नगर्ने बताए । यो फिल्मका लागि नायक राइले ६० लाख पारिश्रमिक लिएको चर्चा समेत छ ।
नायक सपुतले यो फिल्ममा जोडिन पाउँदा खुशी लागेको सुनाए । उनले, आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै काम गर्न उत्साहित रहेको सुनाए । यार्सा फिल्मस्को प्रस्तुति रहने यो फिल्मले ग्रामीण परिवेशको सामाजिक कथा भन्नेछ ।
फिल्ममा यमकै कथा छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको यो फिल्मका सह–निर्माता गोविन्द बोहरा र ईश्वर श्रेष्ठ हुन् । फिल्मका कार्यकारी निर्माता रोहित कट्टेल हुन् । फिल्मलाई यही वर्ष नै रिलिज गर्ने तयारी निर्माताको छ ।
प्रकाशको असोज महिनामा मात्रै ‘सोल्टिनी, हरि बहादुरको जुत्ता र माइतीघर’ रिलिज हुने पक्का भइसकेको छ । यो फिल्मलाई पनि यही वर्ष नै रिलिज गर्ने जानकारी दिइएको छ । यसरीहेर्दा, प्रकाशको यो वर्ष मात्र ४ वटा फिल्म रिलिज हुने देखिएको छ ।
प्रतिक्रिया