फिल्म ‘महाभोज’को प्रिभ्यू प्रिमियर पोखरामा आयोजना गरिएको छ । पोखरामा आयोजित प्रिभ्यू प्रिमियरमा फिल्मका मुख्य कलाकारहरु सहभागी भए ।
फिल्म हेर्नका लागि आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, वुद्दि तामाङ, निर्देशक दिनेश राउत, निर्माता हिमाल कडरियाको उपस्थिती थियो ।
यस्तै, प्रिमियरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्मा, केही सहकारी पीडितहरु र पत्रकारहरुको उपस्थिती थियो ।
फिल्म हेरेका अधिकांशले यसको कथा, प्रस्तुति, कलाकारहरुको अभिनयको तारिफ गरे । यस्तै, सहकारी पीडितहरुको एक प्रकारको आक्रोश प्रिमियरमा देखियो ।
फिल्मको कथावस्तुलाई वास्तविक जीवनमा पनि भोगेका दर्शकहरुले विगतमा ‘आगो’ फिल्मले जस्तै यो फिल्मले विद्रोह जन्माउन सक्ने प्रतिक्रिया दिए । दर्शकहरुले कसैको दबाबमा फिल्मको दृश्य काँटछाँट गरिएको खण्डमा आफूहरु त्यसको विरुद्धमा उत्रिने चेतावनी समेत दिएका थिए ।
क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा तयार भएको यो फिल्म जेठको ३० गते अर्थात शुक्रबारदेखि रिलिजमा आउँदैछ । फिल्मलाई विकास सुवेदीले लेखेका हुन् ।
प्रतिक्रिया