पाँच महिनामै दुर्गेशको ‘कता हिँडेको बिजुली बालेर..’ गीतलाई १० करोड भ्युज


कठमाडौं – चर्चित गायक दुर्गेश थापाको ‘कता हिँडेको बिजुली बालेर..’ गीतले पाँच महिनामै १० करोड भ्युज बटुलेर रेकर्ड राखेको छ । नेपाली संगीत इतिहासमा छोटो समयमै यत्तिको भ्युज आएको पहिलो हो ।

आफ्नो गीतले १० करोड भ्युज पाएपछि दुर्गेशले आइतबार बिहान ‘दुश्मन हेरेको हैरै’ भएको भन्दै नेपाली संगीत इतिहासको विशेष अध्याय बन्न पुगेको उल्लेख गरेका छन् ।

‘म भावुक छु, अभिभूत छु‘ किनभने हजुरहरू मेरो भगवान दर्शकहरूले दिनुभएको माया, साथ र आशीर्वादले हाम्रो सृजना एउटा असाध्यै ठूलो उचाइ चुम्न सफल भयो। ‘दुश्मन हेरेको हैरै’ ५ महिनामै १०० मिलियन भ्युज पार । आज म खुशी छु तर मलाई थाहा छ, मभन्दा कैयौं गुणा हजुरहरू खुशी हुनुहुन्छ, किनभने यो हाम्रो विजय हो, हाम्रो गर्व हो। हजुरहरूले दिएको यो सम्मान केवल भ्युजको संख्या होइन, यो सपना पुरा भएको दस्तावेज हो, हजुर हरूले दिनुभएको परिचय अझै चम्किलो बनेको छ,’ उनले भनेका छन्, ‘दुर्गेश थापा’ नाम होइन — ब्राण्ड हो, ब्राण्ड ।’