केदार घिमिरेलाई सक्न फिल्म बनाएको होइनः माग्ने राजा निर्देशक



फिल्म ‘माग्ने राजा’मा कलाकार केदार घिमिरेलाई महंगो रकम दिएर निर्देशक ऋषि लामिछानेले अभिनय गराए । यो फिल्म भदौको ६ गतेबाट रिलिजमा आउँदैछौं । ऋषिले ८ वर्षपछि फिल्म निर्देशन गरेका हुन् ।

यसैले, कुनै समयमा सफल निर्देशक यो पटक के हुन्छन् भन्ने प्रश्न पनि उब्जिएको छ । यतिमात्र होइन, लगातार ‘छक्का पन्जा’को टिममा काम गरेर सुपरहिट भएका केदारको करिअर सोलो नायकको रुपमा अगाडि आउँदा के हुने हो भन्ने प्रश्न पनि उब्जिएको छ ।

कतिपयले ऋषिको फिल्ममा काम गरेर केदारले करिअर सक्ने भए भनेर टिप्पणी पनि गरेका छन् । तर, फिल्मको फस्टलुक रिलिज कार्यक्रममा भने निर्देशक लामिछानेले यो सबै कुराको खण्डन गरे ।

केदार एक प्रतिभाशाली कलाकार भएको भन्दै उनले उनको करिअर सक्ने होइन झनै माथि पुर्याउने दाबी गरे । फिल्म ‘माग्ने राजा’ले केदारको करिअरलाई अझै उचाइमा लैजाने र व्यापारिक रुपमा पनि ब्लकबस्टर हुने दाबी निर्देशकको छ ।

उनले, केदारलाई ५०–६० लाख नभएर १ करोड पारिश्रमिक दिनुपर्ने दाबी समेत गरेका छन् ।