नायिका वर्षा सिवाकोटीको हातमा अहिले राम्रै फिल्म छ । करिअरमा सधै एकै स्थानमा अड्किएकी यी नायिका अहिले भने केही उकालो चढ्दैछिन् ।
उनले अभिनय गरेको फिल्म ‘माग्ने राजा’ भदौको ६ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको व्यापार उनका लागि महत्वपूर्ण छ ।
वर्षाले फिल्ममा काम गर्दा निर्माता–निर्देशकलाई दुःख दिन्छिन् भन्ने खासै सुनिएको छैन । तर, फिल्म ‘माग्ने राजा’का निर्देशक ऋषि लामिछानेले भने फिल्मको पोस्टर सार्वजनिक कार्यक्रममा यही कुरा निकाले ।
उनले, वर्षाले फिल्ममा काम गर्दा दुःख दिने गरेको आफूले सुनेपनि आफ्नो फिल्ममा काम गर्दा त्यस्तो कुनै पनि दुख नदिएको तर्क गरे ।
ऋषिले यसो भन्दै गर्दा वर्षा आफै अचम्ममा परिन् । वर्षाले निर्देशकलाई प्रश्न उठाएपछि चर्चा भएको कुरालाई स्पष्ट पारेको जवाफ दिए ।
ऋषिले वर्षा नेपाली फिल्म क्षेत्रको सर्वोत्कृष्ट नायिका भएको तर्क समेत गरे । उनले, वर्षालाई कार्यक्रममा निर्क फुर्काए ।
आफैले वर्षाको आलोचनाबाट सुरु गरेर निर्देशक लामिछानेले पछि फुरुङ्ग बनाइदिए । सायद, वर्षाले फिल्मको प्रचारमा निकै साथ दिउन् भन्ने उनको आशा हो कि ?
प्रतिक्रिया