केकीसँग फिल्म नै फिल्म



नायिका केकी अधिकारी अहिलेकी सर्वाधिक व्यस्त नायिका हुन् । उनको हातमा फिल्म नै फिल्मको लामो लाइनअप छ ।

संभवत, यो वर्ष केकी अधिकारीको हातमा सवैभन्दा बढी फिल्म देखिएको छ । फिल्म निर्माणको संख्या बढेसँगै केकीसँग पनि लामो लाइनअप बनेको हो ।

फिल्म ‘बोक्सीको घर’ चलेपछि केकीको माग बढेको हो । केकीको यो वर्ष आधा दर्जन फिल्म लाइनअपमा देखिएका छन् ।

केकीले फिल्म ‘परान’मा पनि काम गरेकी छिन्, जुन कात्तिकको १४ गतेबाट रिलिजमा आउँदैछ ।

केकीले फिल्म ‘डबल ट्रिपल’ पनि साइन गरेकी छिन्, जुन फिल्म फागुनको १ गतेबाट रिलिजमा आउने क्यालेन्डर तय गरिएको छ ।

केकीले फिल्म ‘झिंगे दाउ २ र लाली बजार’ पनि साइन गरेकी छिन् । यी दुवै फिल्मको छायांकन केही समयपछि सुरु हुँदैछ ।

उता, केकी आफैले घरको २ वटा फिल्म बनाउँदैछिन् । चलचित्र विकास बोर्डमा दुवै फिल्मको नाम दर्ता गरिएको छ ।

हातमा ७ वटा फिल्म रहेकी केकीले समयको व्यवस्थापन कसरी गरिरहेकी छिन्, त्यो पनि रोचक कुरा हो ।