फिल्म ‘प्रेमगीत ३’मा काम गरेपछि कलाकार मनिष राउतको राम्रै चर्चा थियो । तर, मनिषले आफैले एसोसियट निर्देशनमा फिल्म ‘जनै हराएको मान्छे’मा काम गरे । यो फिल्ममा उनले अभिनय गर्न पनि सक्थे । तर, गरेनन् । फिल्ममा अभिनय नगरेका मनिष फिल्म निर्देशनतिर किन हानिए त ?
उनले भने–‘निर्देशन पनि एउटा क्रियटिभ काम नै हो । अभिनय त मैले गरेँ, तर अब निर्देशनको काममा पनि विस्तारै अनुभव संगाल्दै जाउँ भन्ने हो । अभिनय र निर्देशन सँगसँगै अगाडि बढाउँदा थप सहज हुन्छ कि भन्ने मेरो सोच हो । तर, यो फिल्ममा म पुरै निर्देशक होइन । तर, निर्देशकको कामको पनि अनुभव गरेको खण्डमा अभिनयलाई पनि सहयोग हुन्छ कि भन्ने लाग्छ ।’
मनिषका अनुसार, मन मिल्ने टिम र राम्रो कथा भएकाले मिहिनेत गरेर काम गरौं भन्ने उद्देश्यले उनले यो फिल्ममा एसोसियट निर्देशकको रुपमा काम गरेका हुन् ।
यो फिल्ममा बिजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापा लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्म चलेको खण्डमा मनिषको निर्देशनको चर्चा पनि हुनेछ । उनले अभिनयलाई पनि अगाडि बढाउने बताएका छन् ।
पेपरक्लिपको व्यारनमा निर्माण भएको फिल्ममा कमल न्यौपाने र विमल न्यौपानेको अभिनय छ । फिल्मका निर्देशक हिमाल न्यौपाने हुन् ।
प्रतिक्रिया