“लालीबजार” मा स्वस्तिमा यौनकर्मीको भूमिका निभाउँदै


काठमाडौं । चलचित्र “लालीबजार’”अभिनेत्री स्वस्तिमा खड्का अनुबन्ध भएकी छन् । निर्माण पक्षले मंगलबार स्वस्तिमा फस्ट लुक्स सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता फिल्म निर्माण कम्पनी षट्कोण आर्ट्सले आफ्नो आगामी फिल्म ‘लालीबजार’ मा अभिनेत्री स्वस्तिमा खड्का रहने घोषणा गरेको हो ।

मनोरञ्जनसँगै सामाजिक विषयलाई प्रस्तुत गर्ने फिल्म आउँदो फागुन १ गते दर्शकले हेर्न पाउनेछन् । ‘लालीबजार’ को लेखक तथा निर्देशक यम थापा हुन् । फिल्ममा षट्कोण आर्ट्सको तर्फबाट रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्री निर्माता र प्रदीप भट्टराई कार्यकारी निर्माताको जिम्मेवारीमा छन् । स्वस्तिमाको फस्ट लुक्सले चलचित्रको हाइप निकै बढाएको छ । चलचित्रमा उनले यौनकर्मीको भूमिका निभाएको हुनसक्ने अनुमान गरिएको छ ।