काठमाडौं । धेरै समयपछि नेपालमा कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको हो ।
मंगलबार बिहान अस्पतालमा भर्ना भएकी इलामको सूर्योदय नगरपालिकाकी ३९ वर्षीया महिलाको मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।
नोबेल अस्पतालका प्रबन्धक दिपेश राईले अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा ती महिलाको आज बिहान मृत्यु भएको बताएका छन् । सात दिनअघिदेखि श्वासप्रश्वासमा समस्या हुने र ज्वरो आउने भएपछि परीक्षणका क्रममा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि थप उपचारका लागि नोबेल अस्पताल भर्ना भएकी उनको उपचारका क्रममा आज मृत्यु भएको हो ।
कोरोना संक्रमित महिलाको शवलाई प्रहरीको जिम्मा लगाइएको छ । पछिल्लो समय छिमेकी देश भारतमा कोरोना संक्रमित बढेसँगै मृत्यु हुनेको संख्या पनि बढेको थियो । नेपालमा भारतबाट आउने नेपालीमा कोरोना संक्रमण देखिएको थियो ।
प्रतिक्रिया