समीरले कति लिन्छन् पारिश्रमिक ?



नायक समीर भट्टको पारिश्रमिकलाई लिएर विभिन्न खालका अड्कलबाजी हुने गरेका छन् । आखिर, समीरले लिने पारिश्रमिक कति हो त ?

फिल्म ‘१२ गाउँ’मा काम गरेपछि उनको चर्चा खुबै चुलिएको छ । यो फिल्म बक्स अफिसमा ब्लकबस्टर भएपछि समीरका लागि एकदेखि डेढ करोडसम्म पारिश्रमिकको अफर गएको चर्चा हुने गर्दछ । तर, समीरले लिने पारिश्रमिक कति हो त ? किनकी, समीरले फिल्म ‘बलिदान’ बाहेक अन्य फिल्म साइन गरेका नै छैनन् ।

समीरले अब घरकै फिल्म ‘१२ गाउँ २’मा काम गर्दैछन् । यो फिल्ममा पनि उनले पारिश्रमिक लिने छैनन् । उसो भए, कति पारिश्रमिक दियो भने उनले घर बाहिरको फिल्म खेल्छन् त ?

समीरलाई निर्माताहरु एक करोड भन्दा माथिको पारिश्रमिक लिएर पुगेका छन् । उनको हातमा दर्जनौ फिल्मका अफर छन् । तर, उनले गरेका छैनन् ।

वुझिएअनुसार, समीरले फिल्म ‘बलिदान’का लागि भने ५१ लख पारिश्रमिक लिएका थिए । यो बेलामा उनले फिल्म ‘१२ गाउँ’मा काम गर्ने कुनै कुरा पनि थिएन । यसैले, ‘बलिदान’ नै उनको डेब्यू फिल्म भनेर प्रचार गरिएको थियो ।

यो फिल्ममा ५१ लाख लिएका समीरले ‘बलिदान’को व्यापार बम्पर भएको खण्डमा एक करोड भन्दा माथिको पारिश्रमिक सहजै लिने पक्का छ । उनलाई यति पारिश्रमिक दिन निर्माता पनि लागिपरेका छन् ।