फिल्म ‘तथास्तु’ बन्ने भएको छ । उसो त एक दशक अगाडि नै सविर श्रेष्ठको निर्देशनमा नायिका रेखा थापाको मुख्य भूमिकामा यो फिल्म बनिसकेको छ । १० वर्षपछि सोही नाममा अर्को फिल्म बनाउन पाइन्छ । यसैले, निर्देशक अरुण लामाले यो फिल्म निर्देशन गर्न लागेका हुन् । आज एक पोस्टर सार्वजनिक गर्दै यो फिल्म निर्माणको घोषणा गरिएको हो ।
अर्को वर्षबाट यो फिल्मको छायांकन सुरु हुनेछ । फिल्मलाई भने सन् २०२७ मा रिलिज गर्ने तय गरिएको छ । जी सेभेन प्रोडक्सन प्रा.लिको प्रस्तुति रहने यो फिल्मका निर्देशक लामाले ‘तथास्तु’ फिल्म मात्र नभएर कर्म, भाग्य र आन्तरिक रुपान्तरणको कथा भएको बताएका छन् ।
फिल्मले आध्यात्मिक यात्रा, अन्तरद्धन्द्ध र सामाजिक यथार्थबिचको कथालाई प्रस्तुत गर्नेछ । यो फिल्मको छायांकन नेपाली र हिन्दी भाषामा गरिने बताइएको छ । फिल्मको छायांकन पनि दुई चरणमा हुने निर्देशकको भनाई छ ।
निर्देशक लामाले आफ्नो अघिल्लो फिल्म ‘डोरी’ असफल भएकाले त्यसबाट धेरै कुरा सिकेर यो फिल्म निर्माण गर्न लागेको जानकारी दिएका छन् ।
प्रतिक्रिया