फिल्म ‘महाकाव्य’ निर्माणको घोषणा भएको छ । फरक धारको कथा, विश्वस्तरिय दृश्यको संयोजन र दमदार एक्सनका साथ यो फिल्म निर्माण गर्न लागिएको दाबी निर्माणपक्षको छ ।
खुशी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो फिल्मको हाल प्रि–प्रोक्डसनको काम धमाधम चलिरहेको छ । फिल्मको निर्देशन मदन खड्काले गर्दैछन् ।
शुक्रराज शाहको एक्सन रहने फिल्मको थिम पोस्टरमा दुई ज्वालामुखी भालाहरुको टक्कर भएको देखाइएको छ । फिल्मका कलाकारहरुको बारेमा केही पनि खुलाइएको छैन । फिल्मको निर्माणपक्षले दर्शकलाई एक अद्भुत दृश्यको अनुभव दिने लक्ष्य राखेको छ ।
ऐतिहासिक, पौराणिक र आधुनिक फ्यान्टासीको संयोजनमा आधारित यो फिल्म नेपाली फिल्म इतिहासमै नयाँ युगको सुरुवात मानिएको छ ।
फिल्ममा एक नयाँ कलाकार मुख्य भूमिकामा देखिने बताइएपनि उनी को हुन् भन्ने खुलाइएको छैन । निर्माण टिमका अनुसार, ती कलाकारले शारीरिक रुपमा परिवर्तन गर्नुका साथै एक्सन र नृत्यमा गहिरो तालिमसमेत लिएका छन् ।
भदौबाट यो फिल्मको छायांकन सुरु हुनेछ । शान्ती मगरको लगानीमा निर्माण हुन लागेको फिल्मले नेपाली संस्कृति, मिथक र हराउँदै गएका पवित्र स्थलहरुको कथा दृश्यमार्फत देखाउने दाबी गरिएको छ ।
प्रतिक्रिया