घरायसी कारण भन्दै क्रिकेटर दिपेन्द्रसिंह ऐरीले छाडे पुलिसको जागिर


काठमार्डाैं । नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट राजीनामा दिएका छन् । सन् २०१६ देखि प्रहरी सेवामा प्रवेश गरेका ऐरीले गत वैशाख २८ गते नै राजीनामा दिएका हुन् । तर अहिलेसम्म यसबारे केही बोलेका छैनन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले प्रहरी क्रिकेट टोलीका कप्तानसमेत रहेका ऐरीले राजीनामा दिएको र उनको राजीनामा स्विकृतसमेत भइसकेको जानकारी दिए । ऐरीले घरायसी कारण राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् । २०८० असोजमा उनी प्रहरी सहायक हवल्दारमा बढुवा भएका थिए। स्रोतका अनुसार अब ऐरीले क्रिकेटमै पूर्णकालीन भएर लाग्ने बताएका छन् ।