बैदेशिक रोजगारीमा जाने यूवाहरुको पीडा समावेश गरिएको फिल्म ‘रियाल रिङ्गेट’ असारको १६ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको ओएसटी ‘जिन्दगीः उडी जाने हो कहाँ’ सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो ।
रेबेल फिल्मसले निर्माण गरेको यो फिल्मले वैदेशिक रोजगारीमा जाने यूवाहरुको कथा भन्छ । सार्वजनिक गीतमा पनि यूवाहरुको पीडा प्रस्तुत गरिएको छ ।
रवि मल्लर कोशिश क्षेत्रीको संयुक्त रचनामा चन्दनध्वज केसी र किरण तुलाधरले संगीत दिएको यो गीतमा केतन क्षेत्रीको स्वर छ ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका अधिकांश कलाकारहरुलाई फिचरिङ गरिएको छ । विभोर पोखरेलको निर्देशनमा तयार भएको यो फिल्ममा प्रमोद चौलागाँई, नीता ढुंगाना, छुल्ठिम डोल्मा गुरुङ, रविन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी लगायतका कलाकारहरुको अभिनय छ ।
प्रदीप भारद्धाजको लेखन रहेको यो फिल्ममा रोशन श्रेष्ठको एक्सन, हरि घलेको छायांकन, विपिन मल्लको सम्पादन, राजीव समरको कोरियोग्राफी छ ।
फिल्मको छायांकन भारतको राजस्थान, नेपालको चितवन, काठमाडौ र लेटाङमा गरिएको छ । यो गीतले दर्शकको मन छुने विश्वास गरिएको छ ।
प्रतिक्रिया