काठमाडौैैं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर सदस्यता शुल्क तथा लेवी तिरेका छन् ।
मंगलबार वित्त तथा कोष व्यवस्थापन विभागमा स्वयं पुगेर ओलीले आर्थिक दायित्व तिरेका हुन् । उनलाई पार्टीका केन्द्रीय सचिव डा. भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद हस्तान्तरण गरेका थिए । ओलीले तीन लाख तीन हजार ६ सय लेबी र सदस्यता शुल्क बुझाएका छन्् ।
एमालेले बुधबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय सचिवालय बैठक राखेको थियो । सोही बैठकमा सहभागी भएपछि ओलीले लेबी तिरेका हुन् । एमाले नेता कार्यकर्ताले अनिवार्य रूपमा लेबी र सदस्यता शुल्क बुझाउनुपर्ने नियम छ । एमालेका प्रायः सबैले लेबी र सदस्यता शुल्क वर्षेनी बुझाउने भएकाले एमालेको आम्दानी धेरै देखिन्छ ।
प्रतिक्रिया