‘जेरीः अन टप’का निर्माता–निर्देशकले ‘घोस्टेल’ बनाउने



फिल्म ‘जेरीः अन टप’का निर्माता सरोज न्यौपाने र निर्देशक सुयोग गुरुङले मिलेर नयाँ फिल्म निर्माण गर्ने भएका छन् । तर, यसपटक फिल्म निर्देशनको जिम्मा भने सुरज सुनुवारलाई दिइएको छ ।

उनीहरुले हरर कमेडी जनरामा निर्माण हुन लागेको फिल्म ‘घोस्टेल’ निर्माणको घोषणा गरेका हुन् । अनन्या फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै घोषणा गरिएको हो ।

‘जब त्रासले हाँसो भेट्छ’ भन्ने थीममा निर्माण हुन लागेको यो फिल्मलाई हरर र कमेडी जनरामा निर्माण गर्ने निर्माणपक्षको भनाई छ । सन् २०२६ मा प्रदर्शन गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ ।

फिल्ममा नाम चलेका कलाकारहरु नै रहने बताइएपनि कसैको पनि नाम सार्वजनिक गरिएको छैन ।

फिल्म ‘जेरीः अन टप’ असोजको ३१ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको रिलिजपछि ‘घोस्टेल’को काम अगाडि बढ्नेछ ।