काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा एफएओ सम्मेलनको ४४ औं सत्रमा भाग लिन शुक्रबार इटालीको रोम प्रस्थान गर्दैछिन्।
परराष्ट्र मन्त्रालयका अनुसार राणाले जुन २८ देखि जुलाई ४ सम्म हुने सम्मेलनको मुख्य सत्रमा सम्बोधन गर्नुका साथै अन्य उच्चस्तरीय कार्यक्रमहरूमा भाग लिनेछिन् ।
उनले अस्ट्रियाका लागि राजदूत र एफएओका स्थायी प्रतिनिधि भरत कुमार रेग्मी, साथै परराष्ट्र मन्त्रालय र कृषि तथा पशुधन विकास मन्त्रालयका अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन्।
एफएओ सम्मेलनपछि, परराष्ट्रमन्त्री लगानी बोर्ड नेपालले लगानी प्रवर्द्धन गर्न आयोजना गर्ने कार्यक्रमहरूमा भाग लिन मिलान, ह्याम्बर्ग र बर्लिनको यात्रा गर्नेछिन्। उनी दुई सातासम्म विदेशमै रहने भएकी छन् । देउवा जुलाई १३ मा काठमाडौं फर्कने कार्यक्रम छ।
प्रतिक्रिया