मुकुल ढकालको रिटमा यस्तो आयो आदेश


काठमाडौं । रास्वपाको महामन्त्रीका रूपमा कामकारबाही गर्न पाउँ भनी सर्वोच्च अदालतमा परमादेश र उत्प्रेषण आदेश मागसहित परेको रिटमा दुवै पक्षलाई बोलाउने आदेश भएको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासमा बिहीबार रिटमाथिको सुनुवाइपछि अन्तरिम आदेशका लागी दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको छ ।

ढकालले आफू नै अहिले पनि रास्वपाको महामन्त्री भएको र नियमित कामकारबाही गर्न पाउँ भनी सर्वोच्चमा बुधबार रिट दायर गरेका थिए । अब असार १७ गते रास्वपा र ढकालसँग छलफल गरेपछि अदालतले अन्तरिम आदेश सुनाउने भएको छ । पार्टीको नीतिविपरीत बोलेको भन्दै रास्वपाले ढकाललाई साधारण सदस्यसमेत नरहने गरी महामन्त्रीबाट निलम्बन गरेको थियो ।