काठमाडौं । मधेशकेन्द्रित सात पार्टीको ‘संघीय लोकतान्त्रिक मोर्चा’ को बैठक बसेको छ । बिहीबार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा समसामयिक राजनीति, मोर्चाको कार्यविधिलाई पूर्णता दिने, बन्दी रिहाई लगायतका विषयमा छलफल भएको नेता केशव झाले बताए । मिति घोषणा नहुँदै रुपन्देही ३ को उपचुनावबारे पनि चर्चा भएको बताइएको छ । उपनिर्वाचनमा मधेशी मोर्चा एक भएर लड्ने भएका छन् ।
मोर्चाको बैठकमा सिके राउत भने उपस्थित भएनन् । जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान उपस्थित छन् । जसपा नेपालको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, नेता राजकिशोर यादव, मनिष सुमन र रामकुमार शर्मा, नागरिक उन्मुक्तिबाट रेशमसँगै लालवीर चौधरी र अरुण चौधरी तथा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, केशव झा र सिएन थारु सामेल भए । लोसपाका अध्यक्ष महन्थ ठाकुर, नेता सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण र ज्ञानेन्द्र झा बैठकमा उपस्थित छन् ।
जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी, शिवजी यादव, सबिर हुसेन तथा तमलोपाबाट वृषेशचन्द्र लाल र ब्रजकिशोर सिंहले बैठकमा सहभागी छन् ।
प्रतिक्रिया