फिल्म ‘पीआर’को टिजर सार्वजनिक भएको छ । आज एक कार्यक्रमको आयोजना गर्दै नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको फिल्मको टिजर सार्वजनिक गरिएको हो । फिल्मलाई शोभित बस्नेतले निर्देशन गरेका हुन् ।
सलोन सलिना फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्ममा सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पुजा चौधरी, आश्मा अधिकारी, विमल खत्री, नविन गयाल र कुशल थापाको अभिनय छ ।
लक्ष्मण सापकोटा र प्रदीप दाहालको लगानीमा तयार भएको फिल्ममा सौरभ लामाको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, मानस राज र भीम वीसीको संगीत, बन्दे प्रसादको सम्पादन, गणेश वुढाथोकीको लेखन, मनोज श्रेष्ठको भीएफएक्स छ ।
कार्यक्रमका प्रमुख अतिथी कलाकार नीर शाहले निर्देशक बस्नेतको खुलेरै तारिफ गरे । उनले, यो फिल्ममा काम गर्न पाउँदा आफूलाई गर्व लागेको उल्लेख गरेका थिए ।
प्रतिक्रिया