बिहानैदेखि एसइईको नतिजा प्रकाशन हुने हल्ला, परीक्षा बोर्ड भने मौन


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई २०८१) को नतिजा शुक्रबार प्रकाशन हुने भएको छ । नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ बोर्ड निकट स्रोतले जनाएको छ ।

नतिजा प्रकाशनको निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक शुक्रवार अपराहन् ५ बजे बस्ने तयारी गरिएको स्रोतले जनाएको छ । तर बैठकको समय भने निर्धारण भइसकेको छैन ।

यो वर्षको एसईई परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ चार लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल चार लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका छन् । विद्यार्थी र अभिभावकहरू नतिजाको व्यग्र प्रतीक्षामा छन् ।