काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औं जन्मदिनको अवसरमा सर्वसाधारणका लागि निर्मल निवास खुला गरिने भएको छ । पूर्वराजाको निजी संवाद सचिवालयका अनुसार असार २३ गते बिहान ११ देखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला गरिन लागेको हो । विगतका वर्षमा विजयादशमी र पूर्वराजा शाहको जन्मोत्सवमा शुभकामना र शुभेच्छा दिने सर्वसाधारणका लागि निर्मल निवास आंशिक रूपमा खुला गरिन्थ्यो ।
लाइनमा बसेर शुभकामना दिने गरिन्थ्यो । तर यसपटक भने पूर्वराजा शाहले आफ्नो ७९औं जन्मोत्सवमा सर्वसाधारणका लागि तीन घन्टा निर्मल निवास नै खुला गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
पछिल्लो समय पूर्वराजा शाहले जनस्तरमा सम्बन्ध सुधारको प्रयास गरिरहेका छन् । विभिन्न जिल्ला भ्रमणका क्रममा पूर्वराजा शाहले सर्वसाधारणसँग भेटघाट गर्ने गरेका छन् । राजावादीहरूले राजसंस्था पुनःस्थापनाका लागि आन्दोलन गरिरहेका छन् । यहीबेला निर्मल निवास खुला गरिन लागेको हो ।
प्रतिक्रिया