काठमाडौं भ्युटावरका ठेकेदार मनोज भेटवाल पक्राउ


काठमाडौँ । रत्नपार्कस्थित पुरानो बसपार्कमा ‘काठमाडौँ भ्युटावर’ का ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । शुक्रवार उनलाई अनामनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा १० करोडको बैंकिङ कसुरको जाहेरी दर्ता भएको छ ।

सो मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । भेटवाल यसअघि पनि चेक बाउन्स र रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड घोटाला मुद्दामा पक्राउ परेका थिए । काठमाडौं महानगरपालिकासँगको विवादका कारण अहिले काठमाडौं भ्युटावर निर्माण अलपत्र परेको छ ।